कोरियाली पप सांगीतिक समूह बिटिएस ग्रामी अवार्डको मनोनयनमा

कोरियाली युवाहरुको पप सांगीतिक समूह बिटिएस ग्रामी अवार्डमा मनोनयनमा पर्ने पहिलो के–पप समूह बनेको छ ।

बिटिएसको ‘डाइनामाइट’ बोलको पछिल्लो गीत ग्रामी अवार्डमा बेस्ट पप डिओ/ग्रुप पर्फमेन्स विधामा मनोनयनमा परेको हो । बिटिएस लेडी गागा र टेलर स्वीफ्टसहितका कलाकारका साथमा मनोनयनमा परेका हुन् ।

मनोनयनमा परेपछि बिटिएसका सदस्यले उत्साह मनाइरहेको भिडियो पोस्ट गरेका छन् । के–पप विज्ञ जेफ बेन्जमिनका अनुसार बिटिएसले पाएको ग्रामी मनोनयन ‘लामो प्रतिक्षापछि पाएको ठूलो सफलता रहेको बताएका छन् ।

बिटिएसको पहिलो अंग्रेजी गीत ‘डाइनामाइट’ हप्तौँसम्म बिलबोर्डको शीर्ष स्थानमा थियो । गएको अगस्टमा सो गीत सार्वजनिक भएको हो ।

मंसिर १०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्