भूमि पेडनेकर अभिनित फिल्म ‘दुर्गामती’को ट्रेलर सार्वजनिक

काठमाडौँ- बलिउड नायिका भूमि पेडनेकर अभिनित फिल्म ‘दुर्गामती’को ट्रेलर सार्वजनिक भएको छ।
ओरिजिनिल कन्सपेरेसी थ्रिलर ‘ दुर्गामती’को शानदार ट्रेलर बुधबार अमेजन प्राइमद्वारा सार्वजनिक गरिएको हो।
उक्त थ्रिलरमा माही गील, जीशु सेनगुप्ता तथा कल्याण कपाडियाका साथै अरशद वारसीसहित एक तारकीय कलाकारको समूह पनि प्रमुख भमिकामा देखिनेछन्।
भर्खरै रिलिज भएको उक्त फिल्मको ट्रेलरको पोस्टर भूमिले आफ्नो इन्स्टाग्राम अकाउन्टमा सेयर गरेकी छिन्। यसका साथै उनले लेखेकी छिन्, ‘दुर्गामती ट्रेलर। मैले यसलाई तपाइहरुसँग शेयर गर्न धेरै समयदेखि कुरिरहेको थिएँ। यसमा मेरो पुरै परिश्रम र रगत पसिना बगेको छ। यसमा कही बिर्सनै नसकिने खुशी छ भने कुनै ठाउँमा निक्कै दर्द र पीडाले रोएको छु। मेरो अहिलेसम्मको सबैभन्दा विशेष चुनौतीपूर्ण काम हो यो।’
View this post on Instagram
यसका साथै अगाडि भूमि लेख्छिन्, ‘ स्टार अक्षय तथा निर्देशकको धेरै धेरै धन्यवाद। साथै अशोक, विक्रम तथा भूषण कुमारले यसलाई सत्य साबित गर्न मलाई विश्वास गर्नुभयो। यसको लागि सबैप्रति प्यार तथा आभार।’
दुर्गामती अशोकद्वारा लिखित तथा निर्देशित तथा विक्रम मल्होत्राद्वारा निर्मित फिल्म हो। यसलाई भूषण कुमारले टी-सिरिजको ब्यानरमा बनाइएको छ। साथै अक्षय कुमारको केप अफ गुड फिल्मस्को ब्यानरमा समेत बनाइएको छ।
फिल्म ‘दुर्गामती’को प्रिमियर यही डिसेम्बरमा अमेजन प्राइममा गरिनेछ।
उक्त फिल्मका निर्देशक अशोकले आफ्नो ब्लकबस्टर तेलगू फिल्म ‘भागमती’ (२०१८)को रिमेक हिन्दीका दर्शकका लागि बनाएका हुन।