प्रचण्डको राजनीतिक प्रस्ताव यसरी पठाइँदै छ गाउँगाउँ

काठमाडौँ- अध्यक्ष पुष्पकमल दाहालसहित बहुमत सचिवालय सदस्यहरुको जोडबलमा गत मंसिर ३ गते बसेको नेकपा केन्द्रीय सचिवालय बैठकमा दाहालले प्रस्तुत गरेको राजनीतिक प्रस्ताव हजारौँ प्रति प्रिन्ट गरेर गाउँगाउँ पठाइएको छ।

नेकपाभित्र दाहाल र प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओलीबीच घम्साघसी चलिरहेकै बेला दाहालले सचिवालय बैठकमा पेश गरेको राजनीतिक प्रस्ताव गाउँगाउँ पठाइएको हो।

दाहालको राजनीतिक प्रस्ताव आएपछि प्रधानमन्त्री ओलीले यसमा जवाफ दिने गरी मंसिर १३ गतेका लागि अर्को  केन्द्रीय सचिवालय बैठक तय गरिएको छ।

मंसिर १०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्