देशभर आंशिकदेखि सामान्य बदलीको सम्भावना, किन होला?

काठमाडौँ – देशभरका मौसम बिहीबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले देशभर पश्चिमी वायुको प्रभाव रहेकाले मौसम बदली भएको हो ।

हाल बागमती, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली र बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली भएको छ ।

दिउँसो पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र क्षेत्रमा आंशिक बदली रहनेछ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थान, प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

यस्तै राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र बाँकी क्षेत्रमा आंशिक बदली हुनेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिम र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

मंसिर ११, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्