ट्राफिकलाई घुस खुवाउन खोज्ने पक्राउ

काठमाडौँ – ट्राफिक प्रहरीलाई घुस खुवाउन खोज्ने एक चालक पक्राउ परेका छन्।

बिहीबार काठमाण्डौ कोटेश्वरस्थित मुनि भैरवचोकमा ट्राफिक इसारको उल्लंघन गर्ने बा ९३ प ३७५३ नम्बरको स्कुटर मिलन घिमिरेलाई प्रहरीले पक्राउ गरेको हो।

नियम उल्लंघन गरेपछि डियुटीमा खटीएका ट्राफिक प्रहरी जवान सुमन भण्डारीले सवारी तथा यातायात व्यवस्था ऐन अन्तर्गत कारवाही गर्न खोज्दा घिमिरेले पाँच सय घुस खुवाउन खोजेपछि उनलाई पक्राउ गरी कारवाहीको लागि महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरमा राखिएको ट्राफिक महाशाखाले जनाएको छ।

मंसिर ११, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्