राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु (तस्बिरसहित)

काठमाडौँ – नौ महिनापछि नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण सुरु भएको छ । कीर्तिपुरमा रहेको क्रिकेट मैदानमा राष्ट्रिय क्रिकेट टिमको बिहीबारदेखि बन्द प्रशिक्षण सुरु भएको हो ।

प्रशिक्षक जगत टमटाको नेतृत्वमा ९ महिनापछि बन्द प्रशिक्षणमा फर्किएको टिमले स्वास्थ्य सुरुक्षाका सम्पूर्ण मापदण्ड अपनाएको छ । सुरुमा बन्द प्रशिक्षणका लागि २२ जना खेलाडीलाई बोलाएको नेपाल क्रिकेट संघ क्यानले अहिले २७ जनालाई प्रशिक्षणमा राखेको छ ।

यद्यपि कप्तान ज्ञानेन्द्र मल्लसहित पाँचजना खेलाडी प्रशिक्षणमा सहभागि हुन पाएका छैनन् । कप्तान मल्लसहित उपकप्तान दिपेन्द्र सिंह ऐरी र रोहित पौडेललाई कोरोना पोजेटिभ देखिएकाले आइसोलेशनमा छन् ।

गत मंगलबार गरिको परीक्षणमा उनीहरुमा कोरोना देखिएको थियो । बसन्त रेग्मी पनि संक्रमित छन् । अहिले रित गौतम, अनिल शाह, कुशल भुर्तेल, बिक्रम शोब र लोकेश बमलाई पनि क्यानले बन्द प्रशिक्षणमा सहभागी गराएको छ ।

मंसिर ११, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्