झापामा थप दुईजना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या एक सय नाघ्यो

झापा – झापामा थप दुईजना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ।

बिर्तामोड नगरपालिका र शिवसताक्षी नगरपालिकाका एकरएक जना संक्रमितको मृत्यु भएको हो।

बिर्तामोड–८ का ७२ वर्षीय गणेशबहादुर कार्की र शिवसताक्षी ९ का ७२ वर्षीय देवप्रकाश लिम्बूको ती नगरपालिकाका स्वास्थ्य शाखाले जनाएका छन् ।

कार्कीको मेची प्रादेशिक अस्पताल भद्रपुरमा उपचारका क्रममा कार्कीको बिहीबार बिहान ५ बजेर ५० मिनेट जाँदा मृत्यु भएको हो। मंसिर ७ गते पीसीआर परीक्षण गराएका उनको रिपोर्ट ८ गते पोजिटिभ आएको थियो।

शिवसताक्षीका बृद्ध लिम्बूको बिएण्डसी हस्पिटल बिर्तामोडमा बुधबार राति मृत्यु भएको हो। उनलाई मंसिर ७ गते कोशी अस्पताल विराटनगरमा संक्रमण पुष्टि भएको थियो।

झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या झापामा १०२ पुगेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ।

मंसिर ११, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्