बाहिरी जिल्लाका ५० जना कोरोना संक्रमितको बाँकेमा मृत्यु

फाइल तस्बिर

नेपालगञ्ज – बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आएका कोरोना संक्रमित ५० जनाको मृत्यु भएको छ ।

बिहीबार बिहान ७ः४८ बजे दाङका ४२ वर्र्षीय पुरुषको मृत्युसँगै बाँकेमा उपचार गराउन आएका बाहिरी जिल्लाका मृतकको संख्या ५० पुगेको हो ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, स्वास्थ्यमा समस्या आएपछि मंसिर २ गते कोहलपुर मेडिकल कलेजमा उपचार गराउन आएका ४२ वर्षीय पुरुषलाई ३ गते कोरोना पुष्टि भएको थियो । त्यसपछि उनलाई भेरी अस्पताल, नेपालगञ्जको आइसोलेशन युनिटमा सारिएको थियो ।

ती व्यक्तिको उपचारको क्रममा बिहीबार बिहान मृत्यु भयो । बाँकेका दुई ठूला अस्पताल भेरी र मेडिकल कलेजमा बाँकेका साथै छिमेकी जिल्लाहरुबाट कोरोना संक्रमित उपचार गराउन आउँछन् । ५० जनामा सबैभन्दा धेरै दाङका मानिस रहेका छन् । बाँकेका ३८ जनाको मृत्यु भएको छ ।

मंसिर ११, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्