प्रदेश-१ मा २०७ संक्रमित थपिए, २०२ जना डिस्चार्ज

मोरङ-प्रदेश १ मा कोरोना भाइरसका २ सय ७ जना नयाँ संक्रमित थपिएको समाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार विहीबार प्रदेशमा ८ सय २० जनाको पीसीआर परीक्षण गरिएको थियो। जसमध्ये ९५ महिला र १ सय १२ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो।

यसक्रममा मोरङमा ७२, झापामा ६७, सुनसरीमा ३९, इलाममा ७, उदयपुरमा ५, पाँचथर र धनकुटामा समान ३, संखुवासभामा १ र प्रदेश १ बाहिरका १० जनामा सक्रमण पुष्टि हो।

मोरंगको विराटनगर महानगरपालिकामा ४८, उर्लाबारी नगरपालिपकामा ७, सुन्दरहरैचा नगरपालिकामा ६, बेलबारी नगरपालिका र केराबारी गाँउपालिकामा समान २, रंगेली, पथरीशनिश्चरे, लेटाङ नगरपालिकासंगै ग्रामथान , कानेपोखरी गाँउपालिका र स्थानीय तह नखुलेकामा समान १ जनामा पोजिटिभ देखिएको छ।

यस्तै झापाको विर्तामोड र दमक नगरपालिकामा समान १५, अर्जुनधारा नगरपालिकामा ८, कनकाई नगरपालिकामा ७, मेचीनगर नगरपालिकामा ६, शिवसताक्षी र भद्रपुर नगरपालिकामा समान ४, बुद्धशान्ति गाँउपालिकामा ३, कमल र झापा गाउँपालिकामा समान २, गौरादह नगरपालिकामा १ जनमा संक्रमण देखिएको छ।

त्यसैगरी सुनसरीको इटहरी उपमहानगरपालिकामा १६, धरान उपमहानगरपालिकामा १४, इनरुवा नगरपालिकामा ५, बर्जु गाँउपालिकामा २, दुहवी नगरपालिका र हरिनगर गाँउपालिकामा समान १ जनाको रिपोर्ट पोजिटिभ आएको छ।

पहाडी क्षेत्रतर्फ इलामको सुर्योदय नगरपालिकामा ६, इलाम नगरपालिकामा १, उदयपुरको चौदण्डीगढी नगरपालिकामा ४ र त्रियुगा नगरपालिकामा १, पाँचथरको फिदिम नगरपालिकामा २, पाथीभरा याङवरक गाँउपालिकामा १, धनकुटाको महालक्ष्मी नगरपालिकामा २, धनकुटा नगरपालिकामा १, संखुवासभाको सभापोखरी नगरपालिकामा १ र प्रदेश १ बाहिरका १० जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ। प्रदेश १ मा कोरोना संक्रमितको संख्या २६ हजार ४ सय ५९ पुगेको छ।

अर्कोतर्फ प्रदेशमा बिहीबार २ सय २ जना संक्रमित निको भएर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार प्रदेशका विभिन्न होमआईसोलेसनबाट १ सय ९६, धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र बुढीगंगा गाँउपालिकाको विराट शिक्षण अस्पतालबाट ३ जना डिस्चार्ज भएका हुन्। हालसम्म २१ हजार ४ सय ९१ जना डिस्चार्ज भएका छन् ।

मंसिर ११, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्