कोरोना अपडेटः संक्रमित २ लाख २७ हजार ६४०, निधन १४१२, डिस्चार्ज २ लाख ९ हजार ४३५

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख २७ हजार ६४० पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा इलाममा २, उदयपुरमा ६, ओखलढुंगामा १, खोटाङमा २, झापामा ७६, धनकुटामा ५, पाँचथरमा ३, भोजपुरमा ३, मोरङमा १५३, संखुवासभामा २, सुनसरीमा ४५, सोलुखुम्बुमा १, धनुषामा ५, पर्सामा १, बारामा ३, महोत्तरीमा ४, रौतहटमा १, सप्तरीमा ७, सर्लाहीमा ५, सिरहामा ४, काठमाडौँमा ६२०, काभ्रेमा १५, चितवनमा ५२, दोलखामा ४ र धादिङमा ७ जना कोरोना संक्रमित थपिएका छन्।

यस्तै नुवाकोटमा ४, भक्तपुरमा ५१, मकवानपुरमा १७, रसुवामा १, रामेछापमा ५, ललितपुरमा ११४, सिन्धुपाल्चोकमा ९, सिन्धुलीमा ४, कास्कीमा ४०, गोरखामा ८, तनहुँमा ११, नवलपरासीपूर्वमा ५१, पर्वतमा १, बाग्लुङमा ६, स्याङ्जामा ८, अर्घाखाँचीमा ११, कपिलवस्तुमा १, गुल्मीमा ७, दाङमा ५२, नवलपरासीमा ७, पाल्पामा ११, प्यूठानमा ३, बर्दियामा १०, बाँकेमा २३, रुपन्देहीमा ४१, रोल्पामा ७, जुम्लामा १, दैलेखमा ४, रुकुमपश्चिममा १, सल्यानमा ४, सुर्खेतमा ५, अछाममा १, कञ्चनपुरमा १४, कैलालीमा २८, डडेल्धुरामा ६, बझाङमा १९ र बैतडीमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ७८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

यस्तै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या चौध सय नाघेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म देशभर १ हजार ४ सय १२ ले कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाएका छन्। पछिल्लो २४ घण्टामा मात्रै थप २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

मन्त्रालयका अनुसार बिहीबार देशभर १ हजार ४ सय ३७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ९ हजार ४ सय ३५ पुगेको छ।

गत २४ घन्टामा ९ हजार ४ सय ९१ पीसीआर परीक्षण भएको छ। हाल देशभर १६ हजार ७ सय ९३ जना सक्रिय संक्रमित रहेका छन् भने ६ सय ८० जना क्वारेन्टिनमा छन्।

देशभर ३ सय ३३ जना कोरोना संक्रमितको आईसीयुमा र ५६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मंसिर ११, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्