जनकपुरधाममा महिलाको शव फेला, पति फरार

फाइल फोटो

जनकपुरधाम-जनकपुरधाममा एक महिला मृत अवस्थामा फेला परेकी छिन्।

जनकपुरधाम उपमहानगरपालिका वडा नं. ७ स्थित बेलाकुट्टी नजिक डेरा लिई बसेकी महिलाको शव फेला परेको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए ।

सुरेश साहको घरमा डेरा लिई बसेका राजेश चौरासियाका श्रीमति २२ वर्षीया रेखा चौरसिया मृत अवस्थामा फेला परेको धनुषा प्रहरीले जनाएको छ।

बाराको कलैया घर भएका सो महिलाको कर्तव्य गरी मारेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रवक्ता मिश्रले जानकारी दिए ।

उनले भने, ‘मृतक महिलाको शव हेर्दा कर्तव्य गरी हत्या गरेको जस्तो देखिएको छ । बाँकी अनुसन्धान पछि मात्र खुल्ने छ ।’

महिलाको शव फेला परेपश्चात श्रीमान राजेश फरार रहेकोले उनको समेत खोजी भइरहेको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रवक्ता मिश्रले बताए ।

मंसिर ११, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्