सुदूरपश्चिम प्रदेशमा थप ७१ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी-सुदूरपश्चिम प्रदेशमा विहिवार थप ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका ४ वटा प्रयोगशालामा गरिएको परिक्षणमा ७१ जनामा संक्रमण पुष्टि भएको हो ।

सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार विहिवार सेती प्रदेशीक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा ४१ जना, डडेल्धुरा अस्पतालको प्रयोगशालामा ५ जना, बझाङ अस्पतालको प्रयोगशालामा २५ जना र अछामको कमलबजार प्रयोगशालामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

बिहिवार ७१ जना कोरोना संक्रमित थपिए संगै सुदूरपश्चिम प्रदेशमा संक्रमितको संख्या १० हजार ९ सय ९२ पुगेको छ । यसमा सकृय संक्रमितको संख्या १८ सय ३ रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार बिहिवार प्रदेशका बिभिन्न जिल्लाबाट १५ जना कोरोना संक्रमित डिष्चार्ज भएर घर फर्किएका छन् । यो संगै सुदूरपश्चिम प्रदेशमा संक्रमण जित्नेको संख्या ९ हजार १ सय ५३ पुगेको मन्त्रालयले जनाएको छ ।

सुदूरपश्चिम प्रदेशमा विहिवार सम्म १ लाख १७ हजार ६ सय ७८ जनाको स्वावको नमुना संकलन गरिएको र तीमध्ये ६ सय ९१ नमुनाको रिपोट आउन वाँकी रहेको मन्त्रालयले जनाएको छ । प्रदेशमा हाल सम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३६ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

मंसिर ११, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्