भूमिमा रहेको द्वैध स्वामित्व सधैँका लागि अन्त्य गर्छौँः मन्त्री अर्याल

काठमाडौँ– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले वर्षौदेखि जटिल समस्याका रुपमा रहेको भूमिको द्वैध स्वामित्व राज्यले सदाका लागि अन्त्य गर्ने बताएकी छन्।

भूमि सम्बन्धी समस्या समाधान आयोगको पहिलो पूर्ण बैठकलाई आज (बिहिबार) काठमाडौँमा सम्बोधन गर्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन्।

उनले सहमति भए आधाआधा बराबरी बाँडफाँड हुने र सहमति हुन नसकेमा राज्यले गरिदिने समेत बताइन्।

‘यदि सहमतिमा हुन नकसेमा राज्यले गरिदिन्छ भन्ने ढंगले अलिकति दह्रो गरी कानुन बनाएर सिधै राज्यले हस्तक्षेप गरेर भएपनि द्वैध स्वामित्वको अन्त्य गर्छाैँ’, मन्त्री अर्यालले भनिन्, ‘तलबाट मिलेर आऊ भन्यो भने कुरा मिल्दै मिल्दैन। यसले समस्या सधैँ रहिरहने भयो। यो कुरालाई अन्त्य गर्नका निम्ति राज्यले हस्तक्षेप गर्छ।’

मंसिर ११, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्