तेक्वान्दो प्रक्षिक दीपक विष्ट कोरोना संक्रमण पुष्टि

काठमाडौँ-ओलम्पियन एवं तेक्वान्दो प्रक्षिक दीपक विष्ट कोरोना भाइरसबाट संक्रमित भएका छन्।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका पूर्वअध्यक्ष समेत रहनुभएका विष्टले आफू कोरोनाबाट सड्क्रमित भएको आज सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन। उनीसहित परिवारका ६ जनामा कोरोना सड्क्रमण देखिएको छ।

परिवारका अन्य सदस्य कोरोनाबाट मुक्त भइसकेको विष्टले जानकारी दिएका छन्।

संक्रमणबाट जोगिन शारीरिक दूरी कायम गर्न र मास्कको प्रयोग अनिवार्य रुपमा गर्न उनले आग्रह गरेका छन।

कोरोना पुष्टि भएपछि विष्ट होम आइसोलेसनमा बसेका छन्। उनकी पत्नी एवं १३औं दक्षिण एसियाली खेलकूद (साग)मा तेक्वान्दोतर्फ दोहोरो स्वर्ण पदक विजेता आयशा शाक्य पनि कोरोना सड्क्रमणबाट मुक्त भएका छन्।

मंसिर ११, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्