बेलबारीका ७६ वर्षीय बृद्धको कोरोनाका कारण मृत्यु

धरान – धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित बृद्धको मृत्यु भएको छ ।

प्रतिष्ठानका अनुसार मोरङ बेलबारी नगरपालिकाका ७६ वर्षीय बृद्धको उपचारका क्रममा बिहीबार राति साढे ९ बजे मृत्यु भएको हो।

मधुमेह र उच्च रक्तचापको समस्याबाट पीडित बृद्धमा मंसिर ३ गते कोरोना संक्रमण पुष्टि भएको प्रतिष्ठानले जनाएको छ । उनलाई त्यसको अघिल्लो दिन नै प्रतिष्ठानको कोभिड १९ अस्पतालमा भर्ना गरिएको थियो।

प्रतिष्ठानका अनुसार हाल शव व्यवस्थापनको तयारी भइरहेको छ । प्रतिष्ठानमा हालसम्म १ सय १३ जना संक्रमितको मृत्यु भएको छ।

मंसिर १२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्