
काठमाडौँ – देशभरको मौसम आइतबार सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेकाले देशभरको मौसम सामान्यतया सफा रहने भएको हो ।
अहिले देशभरको मौसम सामान्यतया सफा रहेको छ ।
आइतबार सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
राति पनि देशभर मौसम सामान्यतया सफा रहनेछ ।