कोरोनाका कारण २२ वर्षीया महिलाको धरानमा मृत्यु

धरान – धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

प्रतिष्ठानका अनुसार महोत्तरी बर्दिवास २ की २२ वर्षीया महिलाको आइतबार बिहान २ बजेर ५० मिनेटमा मृत्यु भएको हो। जनकपुरस्थित सिटी अस्पतालबाट रिफर भएकी महिलामा क्लाम्पेसियाको समस्या रहेको प्रतिष्ठानले जनाएको छ ।

मंसिर २ गते कोरोना पोजिटिभ पुष्टि भएपछि उनलाई प्रतिष्ठानको कोभिड १९ अस्पतालमा भर्ना गरिएको थियो।

प्रतिष्ठानमा हालसम्म १ सय १५ जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ ।

मंसिर १४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्