विराटनगरमा कोरोना भाइरस संक्रमित एकजनाको मृत्यु

फाइल तस्बिर

विराटनगर– विराटनगरको नोबेल शिक्षण अस्पतालमा कोरोना भाइरस संक्रमित एक पुरुषको मृत्यु भएको छ ।

अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार शनिबार राती ११ बजे उपचारका क्रममा उर्लाबारी नगरपालिका ५ का पुरुषको मृत्यु भएको हो। ५५ वर्षीय पुरुषमा पेट दुख्ने, वान्ता, ज्वरो तथा छाती दुख्ने समस्या रहेको दाहालले जानकारी दिए।

मंसिर ४ गते अस्पतालमा भर्ना गरिएका पुरुषको पीसीआर परीक्षण गर्दा ५ गते पोजिटिभ रिपोर्ट आएको थियो। कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै उनलाई अस्पतालको आइसोलेसनमा भर्ना गरी उपचार सुरु गरिएको दाहालले जानकारी दिए।

मंसिर १४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्