टिप्परमा जोखिमका साथ यात्रा गर्न बाध्य माथिल्लो हुम्लाका बासिन्दा

सिमकोट – कच्ची सडक सञ्जाल जोडिएको माथिल्लो हुम्लामा टिप्परमा जोखिमकै बिच यात्रा गर्न स्थानीय बासिन्दा बाध्य भएका छन् ।

सडक निर्माण भए पनि अन्य गाडी सञ्चालनमा नआउनु र चिनियाँ बिना नम्बर प्लेटका टिप्पर मात्र सञ्चालनमा आएपछि यसैमा यात्रा गर्नु बाध्याता रहेको हो ।

नाम्खा गाउँपालिका वडा नम्बर ६ का रिञ्जीन तामाङले केर्मीवाट लिमी र हिल्सासम्म कच्ची सडक सञ्चालनमा आएसँगै उत्तरी हुम्लाका बासिन्दा चिनियाँ बिना नम्बर प्लेटका टिप्परमा जोखिम उठाएर यात्रा गर्नु परिरहेको गुनासो गरे ।

उक्तखण्डमा सडक सञ्चालनमा आए पनि नेपाली नम्बर प्लेटका गाडी सञ्चालनमा नआउनु र केही हुम्लाबासीले किनेका नम्बर बिनाका टिप्पर चालु भएपछि उत्तरी हुम्लाका स्थानीय बासिन्दाले तिनै टिप्परमा यात्रा गर्नु परिरहेको होे ।

एउटा टिप्परमा ५० जनासम्म यात्रु बोक्ने गरिन्छ । कच्ची र साँघुरो बाटोमा निक्कै त्रासकाबिच यात्रा गर्नु परिरहेको अर्का नाम्खा गाउँपालिकाको केर्मीबाट लिमीको यात्रा गर्नु भएका कुशुम शाहीले बताइन् । उनले डर त्रास भएपनि हिँड्नु भन्दा जोखिम उठाएर यात्रा गर्नु परिरहेको बताइन्।

भाडा पनि महँगो पर्ने यात्रुहरु बताउँछन् । लिमी र हिल्सामा सञ्चालन हुने यस्ता टिप्परहरु एक दर्जन जति रहेका छन् । बिना बिमाका टिप्पर चल्दै आए पनि त्यसलाई नियन्त्रण गर्नु र यात्रु बोक्न नदिने तर्फ सरोकारवाला निकायले चासो दिएको पाईँदैन ।

मंसिर १४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्