होम आइसोलेशनमा रहेका एक वृद्धको मृत्यु

विराटनगर– विराटनगरमा होम आइसोलेशनमा रहेका एक वृद्धको मृत्यु भएको छ।

विराटनगर महानगरपालिकाका अनुसार महानगरपालिका वडा नं ९ मा ७८ वर्षीय वृद्धको आइतबार बिहान मृत्यु भएको हो।

उनलाई ज्वरो आउने तथा श्वासप्रश्वासमा समस्या देखिएको थियो। त्यसपछि पीसीआर परीक्षण गराउँदा शनिबार पोजिटिभ रिपोर्ट आएको महानगर स्वास्थ्य महाशाखाले जनाएको छ । रिपोर्ट पोजेटिभ आएपछि उनलाई उनलाई होम आइसोलेशनमै राखिएको थियो।

आइतबार बिहान उनलाई स्वास्थ्यमा समस्या आएपछि परिवारले अस्पताल लैजाने तयारी गरेको र करीिब ८ बजे उनको मृत्यु भएको परिवारका सदस्यले महानगरलाई जानकारी गराएको महानगरले जनाएको छ।

मंसिर १४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्