चिनियाँ रक्षा मन्त्रीको नेपाल आगमन तस्बिरमा

काठमाडौँ – चिनियाँ रक्षा मन्त्री वेई फेङ्वे काठमाडौँमा छन् । उनी विशेष विमान मार्फत चिनियाँ टोलीको नेतृत्व गरेर आइतबार बिहान काठमाडौँ आएका हुन् ।

उनले झण्डै ८ घन्टा काठमाडौँमा बिताउने छन् ।

वेईले राष्ट्रपति विद्यादेवी भण्डारी र रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने छन् ।

यस्तै उनले नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापासँग पनि भेट गर्ने तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । सेनाले हेडक्वाटरमा वेईलाई गार्ड अफ अनर पनि प्रदान गर्ने छ ।

चिनियाँ रक्षा मन्त्री वेई आइतबार बेलुका नै काठमाडौँबाट उड्ने छन् ।

पछिल्लो समय दुई छिमेकी देश भारत र चीनबाट नेपालमा लगातार उच्चस्तरीय भ्रमण भएका छन् ।

दुई दिने औपचारिक भ्रमण सकेर भारतीय विदेश सचिव हर्षवद्र्धन शृङ्गला शुक्रबार स्वदेश फर्किएका थिए ।

मंसिर १४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्