यस्तो छ उद्योग वाणिज्य महासंघ चुनावी नतिजा

काठमाडौँ – उद्योगी व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको चुनावबाट वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल विजयी भएका छन् ।

शनिबार भएको चुनावको आइतबार बिहानसम्म आएको मतपरिणामबाट ढकालसहित तीन उपाध्यक्ष र अरु पदाधिकारी पनि निर्वाचित भएका हुन् ।

वरिष्ठ उपाध्यक्ष र तीन उपाध्यक्ष पदसहित कुल ६३ पदका लागि १ सय २७ जना उम्मेदवार चुनावी मैदानमा थिए ।

वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष बन्न पाउने व्यवस्था अनुसार शेखर गोल्छा महासंघको अध्यक्ष बन्दै छन् ।

गोल्छा पछिको नेतृत्वमा पुग्नका लागि वरिष्ठ उपाध्यक्ष पदमा महासंघका वर्तमान उपाध्यक्षहरु चन्द्रप्रसाद ढकाल र किशोर प्रधान प्यनलसहित चुनावी मैदानमा थिए । अब अर्को कार्यकालमा ढकाल अध्यक्ष बन्ने छन् ।

यस्तो छ महासंघको चुनावी नतिजाः

मंसिर १४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्