हुम्लामा एकजना मात्र कोरोना संक्रमित बाँकी ! ५४ जना निको भएर घर फर्किए

सिमकोट-हिमाली जिल्ला हुम्लामा अब एक जना मात्र कोरोना संक्रमित बाँकी रहेका छन् । पछिल्लो पटक नाम्खामा कोरोना संक्रमित ५४ जना निको भएपछि अस्पतालका चिकित्सक मात्र कोरोना संक्रमित बाँकी रहेका छन् ।

नाम्खा गाउँपालिकाको एक विद्यालय सहित समुदायमा संक्रमित देखिएकोमा कोरोना परिक्षण एन्टिजेन विधिबाट ४४ जनामा कोरोना रिपोर्ट नेगेटिभ आएपछि नाम्खाको याल्वाङ् पुन: कोरोना मुक्त भएको छ।

१४ दिन सम्म आइसोलेसनमा बसेका विद्यार्थीमा गरिएको परीक्षणमा कोरोना नभएपछि उनीहरुले कोरोना जितेसंगै याल्वाङ् कोरोना संक्रमण मुक्त बनेको हो। यसअघि मङ्सिर ११ गते नौ र आईतवार स्वाब संकलन गरी परिक्षण गर्दा ४४ ले कोरोना जितेपछि ५४ जना कोरोना संक्रमित विद्यार्थी सहित सबै निको भएपछि नाम्खा गाउँपालिका कोरोना मुक्त पालिका बनेको स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेम सिंहले बताए।

केही दिन अगाडि वडा चारको ठुलो जनसंख्या रहेको समुदायस्तरमा कोरोना परीक्षण गर्दा कोही कसैमा नदेखिएको हो। महाबौद्ध याल्वाङ्गका तीन जना कर्मचारी, ३२ जना विद्यार्थी सहित गरी ३५ जना संक्रमित र धार्मिक विद्यालय गुम्बाका १९ जना विद्यार्थी गरेर ५४ जना डिस्चार्ज भएका हुन् भने दुई जना कोरोना संक्रमित विरामीलाई काठमाण्डौ लगिएको छ।

उत्तरी नाम्खा गाउँपालिकामा कोरोना संक्रमण पहिलो पटक कात्तिक २२ गते देखिएको थियो २४ गते चार जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । चार जनामा देखिएको संक्रमण फैलिएर ५६ जनामा सरेको थियो।

हुम्लामा पहिलो पटक असोज तीन गते यो संक्रण्म देखिएको थियो । हाल सम्म ६६ जना संक्रमित देखिएका छन् अब हुम्लामा जिल्ला अस्पतालका कार्यरत एक जना डाक्टर मात्रै संक्रमित रहेका छन् भने अन्य सबै संक्रमण मुक्त बनेका छन् ।

मंसिर १५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्