मेचीनगर-४ का प्रधानको हत्याका अभियुक्त रातारात पक्राउ

झापा- एकजना स्थानीयबासीलाई कुटपिट गरी मारेको अभियोगमा प्रहरीले मेचीनगरबाट तीन जनालाई पक्राउ गरेको छ।

झापाको मेचीनगर नगरपालिका वार्ड नं ४ आमडाँगीका ५० वर्षीय पूर्णबहादुर प्रधानलाई कुटेर मारेको अभियोगमा प्रहरीले उनीहररुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा मेचीनगर–४ का दिवस लुङ्गेली, प्रेम भनिने बेमा दोर्जी तामाङ र बिशाल तामाङ रहेका छन्। उनीहरुले आइतबार प्रधानलाई कुटेर घाइते बनाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

झापा प्रहरीका प्रवक्ता डीएसपी राकेश थापाका अनुसार प्रधानको उपचारका क्रममा आइतबार राति मृत्यु भएको थियो। आम्दा अस्पताल धुलावारीमा उपचारका क्रममा गएराति प्रधानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले बताए।

उनको मृत्यु लगत्तै कुटपिटमा संलग्नहरुको खोजीमा प्रहरी टोली खटिएको थियो। रातारात तीन जनालाई पक्राउ गर्न प्रहरी सफल भएको हो।

विवादका क्रममा प्रधानले दोर्जीलाई हिर्काएको भन्दै उनका साथीहरुले आक्रमण गरेको प्रहरीले जनाएको छ। पक्राउ परेका तीन जना अभियुक्त इलाका प्रहरी कार्यालयको हिरासतमा राखिएको छ।दुर थापा क्षेत्रीले बताए।

मंसिर १५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्