लेस्टर सिटी स्तब्ध, शीर्षस्थानको होडमा कमजोर

शीर्ष स्थानको होडमा रहेको लेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा स्तब्ध भएको छ । रेलिगेशन जोनबाट माथि आउने प्रयासमा लेस्टर सिटीलाई पराजित गरेर फुलह्याम सफल भएको छ ।

घरेलु मैदानमा भएको खेलमा लेस्टर सिटी फुलह्यामसँग २–१ ले पराजित गरेको हो । फुलह्यामका लागि एडेमोाल लूकम्यान र इभान काभालेइरोले गोल गरेका हुन् ।

३० औँ मिनेटमा लूकम्यान र ३८ औँ मिनेटमा पाएको मिनेटमा काभालेइरोले गोल गरेका हुन् । लेस्टर सिटीका लागि ८६ औँ मिनेटमा जेमी भर्डीको सहयोगमा हार्बी बार्न्सले एक गोल फर्काए, तर हारबाट जोगाउन सकेनन् ।

पराजित भएको लेस्टर सिटी १० खेलबाट १८ अंकसहित चौथो स्थानमा रहेको छ । शीर्ष दुई स्थानका टोटनह्याम र लिभरपुलको २१ तथा तेस्रो स्थानको चेल्सीको १९ अंक छ ।

लेस्टर सिटीलाई पराजित गरेको फुलह्याम १० खेलबाट सात अंकसहित १७ औँ स्थानमा उक्लिएको छ ।

मंसिर १६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्