दुई सय रुपैयाँ जरिवाना नतिर्ने ९ जना फरार प्रतिवादी पक्राउ

मोरङ-मोरङ्ग प्रहरीले जिल्ला अदालत मोरंगमा विभिन्न मुद्धामा तिर्नुपर्ने जरिवाना रकम नतिरि फरार ९ जनालाई पक्राउ गरेको छ।

मोरंग प्रहरीले मंगलबार लामोसमयदेखि अदालतको जरिवाना नै नतिरि गुमनाम रहदै आएका सबैजनालाई एकैपटक पक्राउ गरि अदालत समक्ष पेश गरेको थियो।

मोरंग प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मानबहादुर राईका अनुसार जुवा मुद्धामा अदालतले दोषी ठहर गर्दै सबैलाईप्रति व्यक्ति २ सय रुपैया जरिवाना तिर्न फैसला सुनाएको थियो।

तर, अदालतको फैसलाको बेवास्ता गर्दै उनीहरु जरिवाना रकमनै नतिरी फरार अवस्थामा रहेका थिए। सबैजनालाई एकैपटक पक्राउ अदालत बुझाएको जनाउदै प्रवक्ता राईले अदालतमा जरिवाना रकम बुझाएर तत्कालकै छुटेको जानकारी दिए।

प्रहरीका अनुसार पक्राउ परि जरिवाना तिर्नेहरुमा विराटनगर महानगरपालिका–९ का ४१ वर्षीय रामबहादुर गुरूङ, लक्ष्मणबहादुर गुरूङ, ३० वर्षीय सुमित साह, विराटनगर–७ का ३५ वर्षीय हंशराज जैन, विराटनगर–१० शान्तिचोकका ३२ वर्षीय विजय श्रेष्ठ रहेकाछन्। ९ जनालाई नै ७ वर्षअघि, २०७० वैशाख १२ गते अदालतले जुवा मुद्दामा दुई सय रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।

त्यसैगरि, प्रहरीले विराटनगरको घोघापुल चोकबाट ४ जना जुवा मुद्धाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ। विराटनगर–९ का ६४ वर्षीय राजु खाँ, ६४ वर्षीय मुन्ना कुरेशी, ६० वर्षीय नविरज खाँ, ४४ वर्षीय मजमिल हुसेन रहेकाछन्। ४ जनालाई नै मोरंग अदालतले २०७१ जेठ २१ गते जुवा मुद्दामा दोषी ठहर गर्दै २ सय रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो।

प्रहरीले पछिल्लो समय अदालतबाट विभिन्न मुद्दामा दोषी ठहर भएर पनि कैद वा जरिवाना भुक्तान नगरि फरार रहेकाहरुलाई पक्राउ गर्न विशेष अभियान चलाउदै आएको छ।

मंसिर १६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्