आयुर्वेद हेल्थ होमले मंसिर १९ देखि काठमाडौंमा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन गर्दै

काठमाडौँ-विगत २० वर्षदेखि आयुर्वेद उपचारमा समर्पित आयुर्वेद हेल्थ होम प्रालिले यही मंसिर १९ गतेदेखि २१ गतेसम्म ३ दिन निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ। स्वास्थ्य शिविरमा निम्न स्वास्थ्य समस्याहरुको विशेषज्ञ डाक्टरहरुले विशेष परामर्श दिने कम्पनीले जानकारी दिएको छ ।

शिविरमा मांसपेशी, हाडजोर्नी, ढाड तथा घुँडाहरु दुख्ने समस्या, पेट र पाचन सम्बन्धी समस्या, ग्यास्ट्रिक, कब्जियत, पाइल्स, फिसर, फिस्टुलालगायतका समस्या भएका बिरामीले विशेग परामर्श लिन पाउनेछन्।

त्यसका साथै रुघाखोकी, टन्सिल, श्वासप्रश्वासमा समस्या, दमआदिका रोगीले पनि परामर्श लिन पाउनेछन्। स्वास्थ्य शिविरमा बालबालिका एवम् महिलाका रोगहरु, यौन सम्बन्धि समस्याका साथै मानसिक तनाव व्यवस्थापन एवम् मनोवैज्ञानिक समस्याहरुको समाधानमा जोडि दिइनेछ।

त्यसका साथै शरीरमा रोग प्रतिरोधात्मक क्षमताको कमजोरीबाट उत्पन्न हुन सक्ने रोगका बारेमा तथा स्वस्थ्य जीवनशैली सम्बन्धि विशेष परामर्श उपलब्ध हुनेछ।

कम्पनीले त्यसबाहेक अन्य विभिन्न प्रकारका स्वास्थ्य समस्यासँग सम्बन्धित रोगका बारेमा शिविरमा परामर्श उपलब्ध हुने जानकारी दिएको छ।

शिविरमा आयुर्वेद उपचारमा अनुभवप्राप्त विशेषज्ञ डाक्टरहरु डा. संगिता महर्जन, डा.व्योम कोइराला, तथा डाक्टरहरु डा.रुमी तण्डुकार, डा.सबिना खड्का, डा.ऋषभ कोइरालाले स्वास्थ्य परीक्षण गर्नेछन् ।

कम्पनीले कोरोना भाइरसको संक्रमणको जोखिमलाई ध्यानमा राख्दै विश्व स्वास्थ्य संगठनबाट निर्देशित सावधानी र अत्यावश्यक सुरक्षाका विधिहरु पालना गरी शिविर आयोजना गर्न लागेको हो।

आयुर्वेद हेल्थ होम प्रालिले विगत २० वर्षदेखि शरीर, इन्द्रियहरु, मन एवम् पञ्चकर्म र योग उपचारका विविध उपक्रमहरुबाट १२२ देशका नागरिकलाई आयुर्वेद उपचारको सेवा दिँदै आएको छ। यस संस्थाले नेपालमा हेल्थ टुरिजमको विकाशमा अझै योगदान पुर्‍याउने लक्ष्य राखेको छ ।

कम्पनीले आफ्नो नयाँ बिस्तारिक संरचना आयुर्वेद हेल्थ होम रिसोर्ट प्राकृतिक मनोरन छटाले भरिएको ‘नागार्जुन’ काठमाडौंमा छिट्टै शुरु गर्ने जानकारी दिएको छ । जुन ३० रोपनी क्षेत्रफलमा अवस्थीत छ ।

यस विस्तारित आयुर्वेद हेल्थ होम रिसोर्ट ले ८० भन्दा बढि को संख्यामा रोजगारिको अवसर दिने छ । यस संस्थाको आफ्नै जडिबुटीको गार्डेन र औषधि प्रशोधन गर्ने युनिट पनि रहेको छ।

मंसिर १७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्