तीन दिनदेखि बेपत्ता युवक मृत फेला

सांकेतिक तस्बिर

वीरगञ्ज– पर्साको धोबिनी गाउँपालिकामा एक युवकको शव फेला परेको छ।

कालिकाई गाउँपालिका–१ तिनडोबिया टोल निवासी २६ वर्षीय एमामुल हुसेनको शव फेला परेको प्रहरीले जनाएको छ।

मृतक हुसेन तीन दिनदेखि बेपता रहेकोमा बुधबार बिहान ८ बजेको उनको शव धोबिनी गाउँपालिका–१ स्थित नदीको किनारमा भेटिएको हो। उनी जन्ती जान भनी घरबाट गएका थिए।

स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेकोमा इलाका प्रहरी कार्यालय पोखरियाबाट गएको प्रहरी टोलीले शवलाई नियन्त्रणम लिइ पोष्टमार्टमको लागि नारायणी अस्पताल वीरगञ्जमा पठाइएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक दीपक थापाले जानकारी दिए।

उनको आँखा निकालिएकोले कसैले हत्या गरेर फालेको हुनसक्ने आशंकामा प्रहरीले अनुसन्धान गरिरहेको थापाले बताए

मंसिर १७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्