मोटरसाइकलको ठक्करबाट दाङमा एकजनाको मृत्यु

सांकेतिक तस्बिर।

दाङ – दाङमा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ । लमही नगरपालिका वडा नम्बर ७ कप्तानगन्ज निवासी ५२ वर्षीय पुरण बाँठा मगरको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ ।

पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको रा ३ प ७५६० नम्बरको मोटरसाइकलले सोही दिशा तर्फ जाँदै गरेका साइकल यात्री बाँठालाई ठक्कर दिएको थियो ।

मोटरसाइकल चालक लमही नगरपालिका वडा नम्बर ८ धनपुरुवा निवासी २२ वर्षीय लिला चौधरी पनि घाइते भएका छन् । उनको अहिले बुटवलमा उपचार भैरहेको प्रहरीले बताएको छ ।

शव पोष्टमार्टमका लागि लमही अस्पतालको लगिएको छ ।

मंसिर १९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्