दाङका दुईजना कोरोना संक्रमितको बाँकेमा मृत्यु

नेपालगञ्ज – बाँकेका दुई ठूला अस्पतालमा उपचार गराउन आएका दाङका दुईजना कोरोना भाइरस संक्रमितको दुईजनाको मृत्यु भएको छ ।

नेपालगञ्जको भेरी अस्पताल र कोहलपुर मेडिकल कलेजमा एक–एकजनाको मृत्यु भएको हो । मृतक दुवै दाङ तुलसीपुर उपमहानगरपालिका हुन् ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, तुलसीपुर–११ का ४५ वर्षीय पुरुषको भेरी अस्पताल, नेपालगञ्जमा बिहीबारराति ९ बजे मृत्यु भएको छ । उनलाई मंसिर ४ गते भर्ना गरिएको थियो ।

त्यस्तै, तुलसीपुर–५ का ८१ वर्षीय पुरुषको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ । मंसिर १३ गते भर्ना भएका बृद्धको राति १०ः४५ बजे मृत्यु भएको थियो ।

यी अस्पतालमा बुधबार बाँके, सुर्खेत र बर्दियाका एक–एकजनाको मृत्यु भएको थियो।

मंसिर १९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्