राष्ट्रपतिले भेटिन् गृहमन्त्री थापा र शिक्षामन्त्री पोखरेललाई

फाइल तस्बिर ।

काठमाडौँ- नेकपाभित्रको विवादबीच नेताहरुसँग भेट गर्दै आएकी राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार गृहमन्त्री रामबहादुर थापा बादल र शिक्षामन्त्री गिरिराजमणि पोखरेलसँग भेट गरेकी छन्।

पूर्वमाओवादीका यी दुई प्रभावशाली नेताहरुसँग नेकपाभित्रको विवाद र पछिल्लो घटनाक्रमहरुबारे छलफल भएको स्रोतले जानकारी दिएको छ।

यसअघि देशसञ्चारमा नेकपा स्थायी समिति सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलसँग राष्ट्रपति भण्डारीले भेटेको सत्य नरहेको पनि स्रोतले जानकारी दिएको छ।

पछिल्लो समयमा राष्ट्रपति भण्डारीले नेकपाका शीर्ष नेताहरुसँग भेटी प्रधानमन्त्री ओलीलाई सघाउन आग्रह गर्दै आएको बुझिएको छ।

मंसिर १९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्