देशभरको मौसम कस्तो रहन्छ, बदली र वर्षाको सम्भावना कुन क्षेत्रमा?

काठमाडौँ – पहाडी क्षेत्रमा शनिबार आंशिकदेखि सामान्य बदली रही अरु क्षेत्रमा भने मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले भारतको पूर्वी उत्तर प्रदेश र बिहारको आसपासमा न्युन चापिय प्रणाली बनेको छ । त्यसको केही प्रभाव नेपालमा पनि रहेको छ ।
हाल देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली छ । अरु क्षेत्रको मौसम सामान्यतय सफा रहेको मौसमविदले बताएका छन् ।
शनिबार दिउँसो पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहि बाँकि स्थानमा आंशिक बदली हुनेछ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना छ ।
यस्तै राति प्रदेश १ तथा बाँकी प्रदेशका पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रहि बाँकि क्षेत्रमा आंशिक बदली रहनेछ । प्रदेश १ र बागमती प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा छिटपुट वर्षाको सम्भावना छ ।