आन्दोलनरत स्वास्थ्यकर्मीका माग पूरा गर्न वीर अस्पताल तयार

काठमाडौँ – विगत ४६ दिनदेखि वीर अस्पतालका स्वास्थ्यकर्मीले उठाएका मागहरू पूरा गर्न अस्पताल प्रशासन तयार भएको छ।
शुक्रबार प्रतिष्ठान र आन्दोलनरत पक्षबिच भएको वार्तामा पाँच बुँदे सम्झौता भएको हो ।

के छन्, पाँच बुँदे सम्झौतामा?

– कोभिड भत्ता वितवरणमा देखिएका त्रुटि सम्बोधनमा अस्पताल प्रशासन र आन्दोलरत पक्षको प्रतिनिधि समेतको समिति बनाई समानुपातिक वितरणका आधारमा सुधार गरी वितरण गर्ने व्यवस्था गर्ने।

कोभिड बीमा क्षतिपुर्तिका सम्बन्धमा सम्बन्धित पक्षसँग छलफल गरी आवश्यक निर्णय गर्ने।

कर्मचारीहरूले पाउने आर्थिक वर्ष ०७६—७७ को औषधि खरिद खर्च कार्यकारी परिषदबाट निर्णय गरी आगामी ७ दिनमा उपलब्ध गराउने, सेवा बिस्तार भत्ताका सम्बन्धमा आगामी ६ हप्ताभित्र २ महिनाको भत्ता उपलब्ध गराउने र बाँकी नियमित गर्दै जाने, अस्पतालको पूर्ववत सेवाहरू सहित थप सेवाहरू अझै प्रभावकारी रूपले सञ्चालन गर्ने।

– प्रतिष्ठान सेवातर्फ कार्यरत कर्मचारीको तलब भत्ता र अवकाश पछि प्राप्त हुने सेवा सुविधा उपलब्ध गराउनका लागि नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय समक्ष पत्राचार गर्ने।

– सम्मानित सर्वोच्च अदालतको फैसाला बमोजिम

क) चि.वि.र.प, राष्ट्रिय ट्रमा सेन्टरलाई चि।वि।रा।प्र वीर अस्पतालअन्तर्गत रहने गरी भएको निर्णय कार्यान्वयनका लागि नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय समक्ष अनुरोध गर्ने

ख) प्रतिष्ठामा कार्यरत कर्मचारीको वृत्ति विकास चि.वि.र.प (कर्मचारी सेवाका शर्त तथा सुविधा सम्बन्धी) नियमावली बमोजिक गराउने

– उपरोक्त बुँदाहरूमा उल्लेखित सहमति बमोजिमको कार्यान्वन्यका लागि आजैका मितीबाट बन्द ताला खाली ६ हप्ता सम्मका लागि आन्दोलनका सम्पुर्ण कार्यक्रम स्थगित गर्ने ।

मंसिर २०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्