नेकपा केन्द्रीय सचिवालय बैठक सुरु, ओली पनि सहभागी

फाइल तस्बिर

काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको केन्द्रीय सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ।

दुई अध्यक्षबिचको वान–टू–वान वार्तापछि प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक सुरु भएको हो।

बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली पनि सहभागी छन्। बैठकअघि ओली र पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच झण्डै आधी घण्टा वार्ता भएको थियो ।

यसअघि प्रचण्डले ओली पक्षका नेताहरु उपप्रधानमन्त्री ईश्वर पोखरेल तथा अर्थ मन्त्री एवम् नेकपा महासचिव विष्णु पौडेलसँग छलफल गरेका थिए।

मंसिर २०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्