काठमाडौँ उपत्यकामा थप ४६० जनामा कोरोना पुष्टि

काठमाडौँ– काठमाडौँ उपत्यकामा शनिबार थप ४६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका ३४९, भक्तपुरका १८ तथा ललितपुरका ६५ जनामा संक्रमण पुष्टि भएको हो।

हाल देशभर १४ हजार २ सय ५५ जना सक्रिय संक्रमित छन्। गत २४ घन्टामा ६ हजार ७४ पीसीआर परीक्षण गरिएको छ।

हाल देशभर ३१२ जना संक्रमितको आईसीयु र ४५ जना संक्रमितको भेन्टिलेटरमा उपचार भरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मंसिर २०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्