बेहुला बने रमेश प्रसाईं

विवाह गर्दै रमेश प्रसाईं र नन्दा सिंह। तस्विर : अशोक अधिकारीको फेसबुकबाट

काठमाडौँ – पब्लिक स्पिकर रमेश प्रसाई वैवाहिक जीवनमा बाँधिएका छन्।

फरक क्षमताका प्रसाईंले कालीकोटकी नन्दा सिंहसँग सोमबार धरानमा विवाह गरेका हुन्।

स्थायी घर झापा भएका प्रसाईंले परम्परागत विवाह गरेको उनका आफन्तले जनाएका छन्।

तीन वर्षदेखि प्रेम सम्बन्धमा रहेका उनीहरु दुवै जना दृष्टिविहीन छन्। अध्ययन र प्रष्टवक्ता भएका कारण प्रसाईं सामाजिक सञ्जालमा लोकप्रिय छन्।

पछिल्लो समय एक टेलिभिजनमा गायिका कल्पना दाहालसँग दोहोरी गाएपछि उनको चर्चा थप चुलिएको थियो। सिंहले काठमाडौँमा बालआश्रम चलाइरहेकी छिन्।

मंसिर २२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्