पोग्बा म्यानचेस्टर युनाइटेडमा बेखुशी

पउल पोग्बा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा खुशी नरहेको र आउँदो ट्रान्सफर विण्डोमा बाहिरिन चाहेको उनका एजेन्टले बताएका छन् ।

एजेन्ट मिनो राइओलाका अनुसार पोग्बा क्लब परिवर्तन गर्न चाहन्छन् । फ्रान्सेली मिडफिल्डरको युनाइटेडसँगको सम्झौता सन् २०२२ को जुनमा सकिने छ ।

२७ वर्षे पोग्बा यो सिजन प्रिमियर लिगमा मात्रै ८ खेलमा सहभागी भएका छन् । एजेन्ट मिनोले भनेका छन्, ‘पउल खुशी छैनन् । उनी आफ्नो क्षमता र आश अनुसार प्रस्तुत हुन सकेका छैनन् ।’

उनले भने, ‘उनले क्लब परिवर्तन गर्नु पर्छ । परिवेश परिवर्तन गर्नु पर्छ । उनलाई आउँदो ट्रान्सफर विण्डोमा बेच्नु नै दुवै पक्षका लागि फाइदाजनक हुनेछ ।’

मंसिर २३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्