टेलिकमको कार्यालयमा ताला

सिमकोट – गुणस्तिरय सेवा नदिएको भन्दै नेपाल टेलिकमको कार्यालयमा तालाबन्दी गरिएको छ ।

महिनौँ दिनसम्म टेलिकमको ध्यानाकर्षण गर्दा पनि टेलिकमले लापर्वाही गरेपछि हुम्लाका युवाहरुले कार्यालयमा तालाबन्दी गरेका हुन्।

जिल्ला स्थित युवा संघ नेपाल, नेपाल विद्यार्थी संघ, नागरिक समाज मिलेर तालाबन्दी गरेको नेविसंघ हुम्लाका सचिव विनोद लामाले जानकारी दिए।

 

मंसिर २५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्