काठमाडौँका यी क्षेत्रमा आज दिउँसो हुनेछ विद्युत कटौती

काठमाडौँ – नेपाल विद्युत प्राधिकरणले शनिबार राजधानी काठमाडौँका विभिन्न स्थानमा विद्युत कटौती गर्ने भएको छ ।

प्राधिकरणका सूचना अधिकारी लिलाकुमारी अर्यालका अनुसार बानेश्वर सबस्टेशनमा आवश्यक मर्मत गर्नु पर्ने भएकाले शनिबार मध्याह्न १२ बजेदेखि २ बजेसम्म विद्युत कटौती हुनेछ ।

सो सबस्टेशनबाट बिस्तारित धोबिखोला, बागमती, कोटेश्वर, बानेश्वर, पूरानो एयरपोर्ट, लुभूलगायतका स्थानमा विद्युत कटौती हुने भएको छ । प्राधिकरणले बानेश्वर सबस्टेशनको ११ केभी बसस्टेशनमा मर्मत गर्न लागेको छ ।

प्राधिकरणले विद्युत कटौती हुँदा पर्ने असुविधाप्रति उपभोक्तामा क्षमा माग्दै निर्धारित कार्य समय अगावै सकिएको खण्डमा विद्युत प्रवाहसमेत हुनसक्ने जनाएको छ ।

मंसिर २७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्