काठमाडौँ – कोरोना भाइरसको महामारी जारी छ । खोप तत्काल नेपाल आउने सम्भावना छैन । संक्रमित र मृत्यु हुनेको संख्या लगातार थपिँदै गएको छ ।
तर संक्रमण फैलिन नदिनका लागि अपनाउनु पर्ने सावधानीहरुमा सम्बन्धित निकाय र सर्वसाधारणले पूर्ण रुपमा मानेको भने देखिँदैन ।
त्रिभूवन विमानस्थलमा यात्रुको चाप पछिल्ला दिन थपिँदै गएको छ । माउन्टेन फ्लाइट पनि सुरु भएसँगै यात्रु थप भएका हुन् । तर विमानस्थलको यात्रु प्रतिक्षा केन्द्रमा भिडभाड अस्तव्यस्त बन्दै गएको छ ।
भौतिक दूरी कामय गर्नका लागि खाली छोड्न भनिएका सिटहरुमा पनि यात्रु बसेका देखिन्छन् । यस्तै कोही उभिएका पनि । धेरैले मास्क लगाएका भए पनि नाक भन्दामुनि मास्क देखिँदा संक्रमणको जोखिम बढी देखिएको छ । तर विमानस्थल प्रशासनले भने सावधानीका उपायहरु सक्दो लागु गर्ने प्रयास गरिरहेको बताएको छ ।
देश सञ्चारकी फोटो पत्रकार बर्षा शाहले शनिबार बिहान त्रिभूवन विमानस्थलको आन्तरिक टर्मिनलमा देखिएको अस्तव्यस्त अवस्थाका केही तस्बिर खिचेकी छन् ।