फाइजरको खोपले अमेरिकामा पायो आपतकालीन प्रयोगका लागि स्वीकृति

अमेरिकाले फाइजर–बायोएनटेकको कोरोना भाइरसविरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागि स्वीकृति प्रदान गरेको छ ।

अमेरिकी नियामक निकाय फुट एण्ड ड्रग एड्मिनिस्ट्रेशनले फाइजरको खोपलाई स्वीकृति प्रदान गरेको हो ।

खोपलाई स्वीकृति प्रदान गर्न राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले एफडिएलाई गम्भीर दबाब दिएको थियो ।

एफडिएका प्रमुख स्टिफन हानलाई शुक्रबार भित्रै खोपलाई स्वीतृत गर्न ट्रम्प प्रशासनले दबाब दिएको खबर अमेरिकी सञ्चारमाध्यममा आएको थियो । तर सो कुरा सत्य नरहेको हानले दाबी गरेका छन् ।

आपतकालीन स्वीकृति प्रदान भएपछि अब २४ घण्टा भन्दा कम समयमा खोप अभियान सुरु हुने राष्ट्रपति ट्रम्पले बताएका छन् ।

फाइजरको खोपलाई यसअघि बेलायत, क्यानडा, बहराइन र साउदी अरेबियाले स्वीकृति प्रदान गरेका थिए ।

मंसिर २७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्