काठमाडौँ – राजसंस्था पुनर्स्थापना तथा हिन्दू राज्यको माग गरी ललितपुरमा मोटरसाइकल र्‍याली भएको छ ।

राष्ट्रवादी देशभक्त समाजका आयोजनामा ललितपुरको सातदोबाटोबाट सुरु भएको मोटरसाइकल र्‍याली पाटन दरबार क्षेत्र परिक्रमा गरी ललितपुर महानगरपालिका रहेको क्षेत्र पुगे सभामा परिणत हुनेछ ।

विसंगती तथा विकृतिको विरोध तथा आयातित तन्त्र र वादलाई परास्त गर्नका लागि नेपाली एक हुनु पर्ने दाबीसहित राजतन्त्रको पक्षमा प्रदर्शन भएको हो ।

सहभागीहरुले राजसंस्था र हिन्दू राज्यको पक्ष तथा संघीयता र गणतन्त्रको विरोधमा नारा लेखिएका प्लेकार्ड पनि बोकेका छन् ।

देश सञ्चारका रविन आचार्यले खिचेका केही तस्बिरहरुः