सम्पादकीय

प्रतिपक्षको ‘विचरा’ हैसियत

बुहलवाद र बहुदलीय प्रजातान्त्रिक राजनीतिक पद्धतिमा प्रतिपक्ष शासक या सत्ताधारी पक्ष भन्दा बढ्ता जनताप्रति उत्तरदायी मानिने गर्छ।

शासक स्वेच्छाचारी हुँदा, संविधानका मर्यादा विपरीत जाँदा उसलाई संसदभित्रबाट या बाहिर सडकबाट नङ्ग्याउने, जवाफदेही बनाउने या परी आउँदा संसदीय र संवैधानिक प्रक्रियाबाट सत्ताच्यूत गर्ने दायित्व प्रतिपक्षको काँधमा हुन्छ।

सत्ताबाट नाजायज फाइदा लिने या जनताको हित तथा निर्दिष्ट संवैधानिक दायित्वसँगै विश्वव्यापी परम्पराबाट प्रतिपक्ष पन्छिएमा सत्ता आततायी र अधिनायकवादी मात्र हैन सर्वसत्तावादी समेत बन्न सक्छ। विगत तीन वर्षदेखि केपी ओलीले कार्यकारी प्रमुखको जिम्मेवारी सम्हाले यता नागरिकका निजित्व माथिका अधिकारसँगै राष्ट्रिय अनुसन्धान विभाग, राजस्व अनुसन्धान, सम्पत्ति शुद्धिकरण आदिलाई आफ्नो मातहत ल्याएका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सर्वोच्च लगायतलाई दलीय स्वार्थ प्रयोग गरिएका र भष्ट्राचारले चरम सीमा छोएका प्रशस्त उदाहरण छन्। तर, नेपाली कांग्रेसले प्रतिपक्षको भूमिकामा आफूलाई प्रस्तुत गर्न सकेको छैन। नियतबस या लाचारी, यी अनुमानका विषय हुन्।

हिंसाको राजनीतिलाई वैधानिकता दिन र व्यक्ति हत्याको निन्दनीय तर प्रतिस्पर्धात्मक राजनीतिमा नेपाली कांग्रेस पछि पर्दैन भन्ने रुन्चे र निराशाजनक सन्देश दिएर नेपाली कांग्रेसले वीपी, गणेशमान, सुवर्ण शमशेर र कृष्ण प्रसाद भट्टराईसँग नाता तोड्दै हिंसाको राजनीतिसँग अंकमाल गर्न खोजेको देखिनु उसको आफ्नै इतिहास प्रतिको गद्दारी साबित हुनेछ।

तर, तीन वर्षमा पहिलो पटक र पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई स्थानीय प्रशासनले तनहुँमा एउटा पुलको उद्घाटन गर्नबाट बल प्रयोग गरेको दुई साताभित्र नेपाली कांग्रेसले राष्ट्रव्यापी विरोध प्रदर्शन गर्‍यो सोमबार। केन्द्रीय समितिले ‘रचेका’ १० वटा नारा आमकार्यकर्तालाई लगाउन लगाइयो, र त्यसभन्दा बाहिर जाने स्वतन्त्रता दिइएन उनीहरुलाई। संघीय, गणतन्त्र र धर्म निरपेक्षताको समर्थन पहिलो नारासँगै राजा महेन्द्रलाई बम हान्ने काम आफ्नै पार्टी कार्यकर्ताले गरेको दाबी गरेर नेपाली कांग्रेस गणतन्त्रको ‘जनक’ भएको सन्देश दिने प्रयत्न गरे।

हिंसाको राजनीतिलाई वैधानिकता दिन र व्यक्ति हत्याको निन्दनीय तर प्रतिस्पर्धात्मक राजनीतिमा नेपाली कांग्रेस पछि पर्दैन भन्ने रुन्चे र निराशाजनक सन्देश दिएर नेपाली कांग्रेसले वीपी, गणेशमान, सुवर्ण शमशेर र कृष्ण प्रसाद भट्टराईसँग नाता तोड्दै हिंसाको राजनीतिसँग अंकमाल गर्न खोजेको देखिनु उसको आफ्नै इतिहास प्रतिको गद्दारी साबित हुनेछ।

नेपाली कांग्रेसका सभापतिले आफूलाई थुन्‍ने राजा कुनै हातलमा राजाका रुपमा नफर्कने बनाए भने गनन थापाले राष्ट्रपति विद्या भण्डारीले राष्ट्रअध्यक्षको मर्यादा र सीमा नाघेको अभिव्यक्ति दिए। रामशरण महतले सरकारले मिलिनियम च्यालेञ्ज कर्पोरेशनसँगको सहमति संसदबाट पारित नगरेकोमा ओली सरकालाई दोष दिए।

रामचन्द्र पौडेलले सरकारलाई भ्रष्ट ठहर गरेका छन्। तर, पार्टीको जनतालाई एउटा स्पष्ट सन्देश के ? त्यस्तो सन्देश दिन नसक्ने प्रतिपक्षको सान्दर्भिकता के ? भोलिको बहसको विषय यही हुनेछ र कांग्रेसले आफ्नो सान्दर्भिकता स्थापित गर्नुपर्ने भएको छ। अन्यथा उसको भविष्य छैन।

मंसिर ३०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्