जो बाइडेनको मन्त्रीमण्डलमा पिट बुटजज यातायात मन्त्री बन्ने

अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले आफ्नो मन्त्रीमण्डलमा पूर्व प्रतिस्पर्धीलाई सामेल गर्ने भएका छन् ।
राष्ट्रिपति उम्मेदवारीमा सुरुमा जो बाइडेनलाई चुनौति दिएका र त्यसपछि होडबाट बाहिरिएर उनका प्रमुख सहयोगी बनेको पिट बुटजज नयाँ मन्त्रीमण्डलका लागि मनोनित भएका छन् ।
साउथबेण्ड इन्डियानाका पूर्व मेयर पिट डेमोक्र्याटिक पार्टीबाट राष्ट्रपति उम्मेदवार बन्ने होडमा थिए । उनले आयोवामा जित हाँसिल गरेका थिए भने न्यूह्याम्सरमा राम्रो प्रदर्शन गरेका थिए । त्यसपछि होडबाट बाहिरिएर उनले बाइडेनलाई समर्थन गरेका थिए ।
चुनावी अभियानमा प्रमुख पात्रका रुपमा उदायका पिट बुटजजलाई राष्ट्रपतिमा निर्वाचित बाइडेनले यातायात मन्त्रीका रुपमा मनोनित गर्ने घोषणा गरेका हुन् ।
बाइडेनले पूर्व प्रतिस्पर्धा कमला ह्यारिसलाई उपराष्ट्रपतिका रुपमा चयन गरेपछि पिट पहिलो व्यक्ति हुन् उनको मन्त्रीमण्डलमा आउने पूर्व प्रतिस्पर्धीहरु मध्ये ।
चुनावी अभियानको क्रममा बाइडेन र पिट निकै नजिक भएका थिए । पिटले आफूलाई समर्थन गरेपछिको सम्बोधनको क्रममा बाइडेनले उनलाई आफ्नो दिवंगत छोरा बो बाइडेनसँग तुलना गरेका थिए ।
पिट बुटजजको मनोनयन सिनेटले अनुमोदन गर्नु पर्छ । अनुमोदित भएमा उनी त्यसरी मन्त्री पदमा पुग्ने एलजिबिटिक्यू समुदायका पहिलो व्यक्ति हुने छन् । पिट समयौनिक (होमोसेक्सुअल अर्थात गे) पुरुष हुन् ।
राष्ट्रपतिमा निर्वाचिन बाइडेनले पिटको मनोनयन घोषणा गर्दै भनेका छन्, ‘मेयर पिट बुटजज एक देशभक्त र समस्या समाधान गर्ने व्यक्ति हुन्, जसले हामी एक राष्ट्रका रुपमा के हौँ भन्ने कुराको स्पष्ट प्रतिनिधित्व गर्छन् । म उनलाई यातायात मन्त्रीका रुपमा मनोनित गर्दैछु किनकी यो पद हाम्रा अघि रहेका धेरै समस्या तथा अवसरहरुसँग अन्तर सम्बन्धित छ ।’
पूर्वाधार विकासका मुद्दामा यातायात मन्त्रीको भूमिका महत्वपूर्ण हुनेछ । बाइडेनले आफ्नो मन्त्रीमण्डल विविधताले युक्त हुने बताउँदै आएका छन् । अहिलेसम्म उनले गरेका मनोनयनहरुले महिला, अश्वेत, हिस्पेनिस तथा एलजिबिटिक्यू समुदायको प्रतिनिधित्व देखिएको छ ।
I’m honored that President-elect Joe Biden has asked me to serve our nation as Secretary of Transportation, joining the…
Posted by Pete Buttigieg on Tuesday, December 15, 2020