विप्लव समूहका सेती महाकाली ब्यूरो इन्चार्ज कैलालीबाट पक्राउ

धनगढी- विप्लव नेतृत्वको नेकपा माओवादीका सेती महाकाली ब्यूरो इन्चार्ज गणेश ढकाललाई प्रहरीले कैलालीबाट पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले ‘असल’भनिने सेती महाकाली ब्यूरो इन्चार्ज ढकाललाई कैलालीको लम्कीचुहा नगरपालिकाबाट पक्राउ गरिएको बताए।

प्रहरी नायव उपरीक्षक बिष्टका अनुसार ढकाललाई लम्कीचुहा स्थित घरबाटै पक्राउ गरिएको हो। उनलाई विशेष सूचनाका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पुस १, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्