बाँकेको डुडुवामा गाउँपालिकामा घरमै गएर व्यक्तिगत घटना दर्ता

नेपालगञ्ज – बाँकेको डुडुवा गाउँपालिकाले घरमै पुगेर व्यक्तिगत घटना दर्ता गर्ने अभियान सुरु गरेको छ ।

व्यक्तिगत घटनालाई समयमै दर्ता गराउने बानी बसाउन गाउँपालिकाले यस्तो अभियान थालेको अध्यक्ष नरेन्द्र चौधरीले बताए ।

गाउँपालिकामा दश हजार घरधुरी छन् । घटना दर्ताअन्तर्गत जन्म, मृत्यु, विवाह र बसाई सराइ पर्छन् । यी सबैको घरमै गएर तथ्यांक संकलन गर्ने र गाउँपालिकामा आएर प्रमाणपत्र तयार गरेर घरमै गएर दिइने वडासचिव शिवकुमार मौर्यले बताए ।

नेपाल सरकार गृह मन्त्रालय राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागअन्तर्गत डुडुवा गाउँपालिकाद्वारा सुरु गरिएको व्यक्तिगत घटना दर्ता शिविरको वडा नम्बर २ बाट सुरु गरिएको छ ।

व्यक्तिगत घटनाको विवरण संकलनका लागि गाउँपालिकाबाट वडा सचिवसहितको करिब ४२ जना जनशक्ति परिचालन गरिएको पालिकाका एमआइ अपरेटर कौशलकुमार कैरातीले जानकारी दिए ।

अध्यक्ष चौधरीले यो अभियानसँगै केही दिनभित्रै जग्गाको मालपोत कर पनि घरदैलो अभियानमार्फत संकलन गर्ने तयारी भइरहेको जानकारी दिए ।

पुस २, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्