भारतले पठायो सीएमएस-०१ नामक सञ्चार भूउपग्रह

काठमाडौँ- भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो)ले बिहीबार पोलार सेटलाइट लन्च भेहिकल (पीएसएलभी)बाट सीएमएस-०१ नामक सञ्चार भूउपग्रह दक्षिण पूर्वी भागमा सफलतापूर्वक प्रक्षेपण गरेको छ।
भारतको प्रेस इन्फरमेशन ब्यूरो (पीआइबी) का अनुसार आन्ध्र प्रदेशको श्रीहरिकोटामा रहेको सतीश धवन स्पेश स्टेशन दोस्रो लण्चप्याड (एसएलपी)बाट दिउँसो ३ बजे उक्त भूउपग्रह प्रक्षेपण गरिएको हो।
पोलार सेटलाइट लन्च भेहिकल (पीएसएलभी)बाट यो वर्षभित्र भू-उपग्रह प्रक्षेप गरेको यो २२औँ पटक हो। प्रक्षेपण गरिएका यी भू-उपग्रहहरू पृथ्वीबाट ९ सय ५८ किलोमिटरमाथि अन्तरिक्षमा रहेको केन्द्रमा स्थापित गरिएको इसरोले जनाएको छ।
#PSLVC50 lifts off successfully from Satish Dhawan Space Centre, Sriharikota#ISRO #CMS01 pic.twitter.com/9uCQIHIapo
— ISRO (@isro) December 17, 2020
यसका साथै भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो)का अध्यक्ष डा.के शिवनले यो सञ्चार उपग्रहले चार दिनपछि सूचनाहरु ग्राउण्ड स्टेशनमा पठाउने बताए। यस्तै उक्त उपग्रह अब ११ वर्षपछि फर्किने उनले बताए।
कोरोना महामारीमा यो भूउपग्रहलाई प्रक्षेपण गर्न निक्कै चुनौती ब्यहोर्नु परेको बताउँदै उनले यसमा इसरोको टीमले सहयोग र साथ दिएकोमा धन्यवाद दिए। उनका अनुसार यो उपग्रहले भारतको जमीनी इलाका बाहेक अण्डमान-निकोबार तथा लक्षद्वीपलाई समेत निगरानी गर्नेछ।
— ISRO (@isro) December 17, 2020
यो भूउपग्रहले अर्बिटमा जीस्याट १२को स्थान लिने इसरोले जनाएको छ। १ हजार ४ सय १० किलो तौल भएको जीस्याट १२लाई सन् २०११को जुलाई ११ मा पठाइएको थियो। यसको समयावधि आठ वर्षको थियो।
यसअघि पनि इसरोले सोही स्पेश स्टेशनबाट अर्थ अब्जरभेशन स्याटेलाइट १ पठाएको थियो। उक्त स्याटेलाइट राडर इमेजिङ स्याटेलाइट थियो। जसमा ९ विदेशी उपग्रह समेत पठाइएको थियो।