कांग्रेस प्रवक्ता शर्माले टेलिभिजन कार्यक्रम चलाउने

काठमाडौँ – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ‘ऐना’ नामको टेलिभिजन कार्यक्रम सञ्चालन गर्ने भएका छन्।

द होराइजन मल्टिमिडिया प्रालिले निर्माण गर्ने कार्यक्रममा शर्मा प्रस्तोताका रुपमा आउन लागेका हुन्।

सामाजिक विषयवस्तुमा आधारित कार्यक्रम आउँदो माघ ७ गतेदेखि २६ अंक प्रशारण हुनेछ। व्यस्त राजनीतिक जीवनबाट समय निकालेर शर्माले जिल्ला जिल्ला पुगेर कार्यक्रम गर्न लागेका हुन्।

ग्लोबल आइएमी बैंकले प्रायोजना गर्ने कार्यक्रम बुधबार राति ९ कान्तिपुर टेलिभिजनबाट प्रसारण हुनेछ।

कार्यक्रमबारे जानकारी दिन आयोजित कार्यक्रममा शर्माले भने, ‘समाजका विविध घटनाको गहिराइमा पुगेर मानवीय संवेदनालाई छुने कार्यक्रमको हिस्सा बन्न पाउँदा गर्व लागेको छ।’

सो कार्यक्रमको निर्देशन अमनप्रताप अधिकारीले गर्ने छन् ।

पुस २, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्