काठमाडौँ – चिनी मिलबाट पाउनु पर्ने बक्यौता रकम भुक्तानिको मागसहित उखु किसान आन्दोलित छन् ।

सर्लाहीका उखु किसान गएको आइतबारदेखि काठमाडौँमा आन्दोलनमा छन् । लगातार माइतीघरमण्डलामा प्रदर्शन गर्दै आएका उखु किसानले शुक्रबारको प्रदर्शनलाई प्रतिकात्मक बनाएका छन् ।

उनीहरुले कालो कपडामा चिनी राखेर विरोध गरिरहेका छन् । यस्तै उनीहरुले विरोधमा हलो र उखु लाँक्रा पनि ल्याएका छन् । माइतीघरको बाटो उखु किसान बसेर धर्ना दिइरहेका छन् ।