फोटो फिचर

राजसंस्था र हिन्दूराष्ट्रको पक्षमा राप्रपाले गर्‍यो ललितपुरमा प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ – राजसंस्था र हिन्दूराष्ट्र पुनर्स्थापनाको मागसहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आन्दोलन थालेको छ । राप्रपा ललितपुर समितिले शुक्रबार राजसंस्था र हिन्दूराष्ट्रको पक्षमा मोटरसाइकल र्‍याली गरेको छ ।

बागमती करिडोर कुपोन्डोलबाट सुरु भएको र्‍याली पुल्चोक, जावलाखेल, कुमारीपाटी हुँदै लगनखेलमा पुगेर सभामा परिणत हुनेछ ।

पछिल्लो समय देशभर विभिन्न राष्ट्रवादी समूहले राजसंस्था र हिन्दूराष्ट्रको पक्षमा आन्दोलन तथा प्रदर्शन गर्दै आएका बेला राप्रपाले पनि थालेको हो ।

राप्रपा ललितपुर समितिले शुक्रबार गरेको प्रदर्शनका केही तस्बिरहरु देश सञ्चारका रविन आचार्यले खिचेका छन् ।